शुरु भयो लाभांशको सिजन, धमाधम लाभांश घोषणा गर्दै सूचीकृत कम्पनी

Sep 13, 2021 08:57 AM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। आर्थिक वर्ष सकिएसँगै गत आर्थिक वर्षको कमाइबाट कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा शुरु गरेका हुन्।

गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गर्नेमा धेरै हाइड्रोपावर कम्पनीहरु छन्। कुल १३ वटा कम्पनीले लाभांश घोषणा गरेकोमा ६ वटा हाइड्रोपावर कम्पनी रहेका छन् भने ५ वटा लघुवित्त कम्पनी रहेका छन्।

सिनर्जी पावरले सबैभन्दा पहिले लाभांश घोषणा गरेर गत वर्षको कमाइबाट लाभांश वितरणको सुरुवात गरेको थियो। उसले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ।

त्यसैगरी, मिर्मिरे लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ भने ङादी ग्रुप पावरले २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस्तै, अपि पावरले ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने अरुण कावेली पावरले १७ प्रतिशत, रु रु जलविद्युतले १० प्रतिशत, सानिमा माइ हाइड्रोपावरले १० प्रतिशत, डिप्रोक्स लघुवित्तले २० प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सले १० प्रतिशत, स्वरोजगार लघुवित्तले २५ प्रतिशत, साधना लघुवित्तले २६ प्रतिशत, नेपाल ल्युव आयलले ३५ प्रतिशत र युनिलिभर नेपालले ६५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश घोषणा गरेकामध्ये ४ कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज समेत गरिसकेका छन्। सिनर्जी पावर, ङादी ग्रप पावर, अपि पावर र अरुण कावेली पावरले लाभांश वितरणको लागि बुकक्लोज गरिसकेका छन्। बाँकी ९ कम्पनीको शेयर खरिद गर्दा भने कम्पनीले वितरण गर्ने लाभांश पाइन्छ।

हालसम्म वाणिज्य बैंक र विकास बैंकहरुले भने लाभांश वितरण गर्न शुरु गरेका छैनन्।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने नेप्सेका सूचीकृत भएका करिब डेढ सय कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्ने गरेका छन्। गत आर्थिक वर्षमा सूचीकृतमध्ये म्युचुअल फण्ड बाहेक १३६ कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गरेका थिए। यस वर्ष सूचीकृत कम्पनीहरुको संख्या अझै बढेको छ। यसले गर्दा यस वर्ष लाभांश वितरण गर्ने कम्पनी अझै बढ्ने देखिन्छ।

यस वर्ष पनि लाभांशको सिजन शुरु भइसकेको छ। सूचीकृत कम्पनीहरुमध्ये १३ वटा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन्। कतिपय कम्पनीले भने लाभांश पारित गर्नको लागि साधारणसभा समेत बोलाइसकेका छन्।

  • २० म्युचुअल फण्डले पनि घोषणा गरे लाभांश

हाल सञ्चालनमा रहेको २० वटा म्युचुअल फण्डहरुले पनि आफ्ना इकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

म्युचुअल फण्डहरुमा ३ वटा फण्डले सबैभन्दा धेरै ५० प्रतिशत प्रतिफल घोषणा गरेका छन्। गत आर्थिक वर्षको कमाइबाट एनआइबिएल प्रगति फण्ड, एनआइबिएल सहभागिता फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत प्रतिफल दिने घोषणा गरेका हुन्। सानिमा लार्ज क्याप फण्डले भने ५ प्रतिशत मात्रै प्रतिफल दिने जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।