प्रि ओपन सेसनमा अपडेटः साढे १६ अंक बढ्यो नेप्से

Sep 23, 2021 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन, प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १०४.८८ अंक बढेर २८१६.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.५७ अंक बढेर २८३३.५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.०३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४४ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।