साहस उर्जाको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

Oct 03, 2021 10:37 AM Merolagani



साहस उर्जा कम्पनीले सर्वसाधारण(SUL)को लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए। जसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर हात प्राप्त गरेका छन्।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण  गरेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।