साहस उर्जाको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

Oct 03, 2021 10:37 AM Merolagani



साहस उर्जा कम्पनीले सर्वसाधारण(SUL)को लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए। जसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर हात प्राप्त गरेका छन्।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण  गरेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।