आयात निरन्तर बढ्दा ब्यापार घाटा बढ्दै,गत ३ महिनामा नै साढे ४ खर्ब बढीको बस्तु आयात

Oct 25, 2021 04:54 PM Merolagani

चालु आर्थिक वर्षको सुरुवातदेखिनै आयात उच्च रुपले बढ्दा ब्यापार घाटा निरन्तर बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ब्यापार घाटा गत वर्षको तुलनामा ५८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको छ। यो अघिल्ले वर्षको सोहि अवधिको तुलनामा ६३.७३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा २ खर्ब ९२ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो।

गत साउन महिनामा १ अर्ब ५० अर्ब रुपैयाँको बस्तु आयात भएकोमा दोस्रो महिना १ खर्ब ६३ अर्ब रुपैयाँ र तेस्रो महिना १ खर्ब ६४ अर्ब रुपैयाँको बस्तु आयात भएको छ।

पछिल्लो समय निर्यात पनि निकै बढेको देखिन्छ। असोज मशान्तसम्ममा ६५ अर्ब ५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १०९ प्रतिशतले धेरै हो। गत वर्षको असोजसम्ममा ३१ अर्ब ४ करोड रुपैयाँको बस्तु निर्यात भएको थियो।

निर्यात केहि बढेपनि आयात उच्च रुपले बढ्दा बैदेशिक ब्यापार घाटा भने बढ्दै गएको छ। गत वर्षको असोजसम्ममा २ खर्ब ६१ अर्ब रुपैयाँ ब्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ४ खर्ब १३ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ।

यस वर्ष नेपालको बैदेशिक ब्यापार पनि ६८ प्रतिशतभन्दा धेरैले बढेको छ। पछिल्ले ३ महिनामा ५ खर्ब ४३ अर्ब रुपैयाँको बैदेशिक ब्यापार भएको छ। गत वर्षको यसै अवधिमा ३ खर्ब २३ अर्ब रुपैयाँको बैदेशिक ब्यापार भएको थियो।

यस अवधिमा सबैभन्दा धेरै आयात हुने बस्तुहरु डिजेल, सोयाविन तेल, मोबाइल फोन, पाल्म तेल, पेट्रोल रहेका छन्। यस्तै धेरै निर्यात हुनेमा सोयाविन तेल सबैभन्दा अगाडि छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।