सुनको भाउ मंगलबार पनि बढ्यो, चाँदी भने स्थिर

Oct 26, 2021 12:29 PM Merolagani



लगातार बढेको सुनको भाउले मंगलबार पनि निरन्तरता पाएको छ । कार्तिक ९ गते सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि बढ्दा प्रतितोला ९२ हजार १०० रुपैयाँमा किनबेच हुँदैछ । साताको दोश्रो कारोबार दिन पनि सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । कार्तिक महिना लागेयता सुनको भाउ दिनानुदिन बढिरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको तथ्यांक अनुसार आज चाँदी सोमबारकै कारोबार मूल्य अर्थात् प्रतितोला एक हजार २६५ रुपैयाँ कायम रहेको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।