सुनको भाउ मंगलबार पनि बढ्यो, चाँदी भने स्थिर

Oct 26, 2021 12:29 PM Merolagani



लगातार बढेको सुनको भाउले मंगलबार पनि निरन्तरता पाएको छ । कार्तिक ९ गते सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि बढ्दा प्रतितोला ९२ हजार १०० रुपैयाँमा किनबेच हुँदैछ । साताको दोश्रो कारोबार दिन पनि सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । कार्तिक महिना लागेयता सुनको भाउ दिनानुदिन बढिरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको तथ्यांक अनुसार आज चाँदी सोमबारकै कारोबार मूल्य अर्थात् प्रतितोला एक हजार २६५ रुपैयाँ कायम रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।