आलोचनाका बीच पनि फेसबुकले ९ अर्ब डलर कमायाे

Oct 26, 2021 01:20 PM Merolagani

फेसबुकको आन्तरिक कागजपत्र लिक भएका कारण आलोचना खेप्नुपरे पनि कम्पनीले गत त्रैमासमा राम्रो आम्दानी गरेको छ । फेसबुकले जुलाई र सेप्टेम्बरकाबिच ९ अर्ब डलर कमाएको हो । गत वर्ष यसै अवधिमा फेसबुकले ७.८ अर्ब डलर कमाएको थियो ।

फेसबुकका पुर्व कर्मचारी फ्रान्सिस हाउगनले फेसबुकमाथि अनैतिक व्यवहारको आरोप लगाएपछि यो विवरण सार्वजनिक गरिएको हो । फ्रान्सिसले फेसबुकका कैयौँ आन्तरिक कागजपत्र संचारमाध्यममा प्रकाशित गरेकी थिइन् । फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा कमाउनमा महत्व दिएको भन्दै उनले कम्पनीमाथि आक्षेप पनि लगाएकी थिइन् । केहि संचारमाध्यमका अनुसार उक्त कागजपत्रमा फेसबुकले गालीगलौज र घृणायुक्त सामाग्री तथा अमेरिका बाहिरका यौन बेचबिखनलाई बढाउने किसिमका सम्बन्धित सामाग्रीहरु ट्रयाक गर्न असफल रहेको प्रमाणित भएको उल्लेख गरेका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सोमबार लगानीकर्ताहरुसँग हाल देखिइरहेको अवस्था लिक भएका कागजपत्रको दुरुपयोग गरेर कम्पनीको झुटो चित्रण गर्ने कोशिष भएको बताएका छन् ।

फेसबुकका अनुसार एक वर्षमा यसको मासिक प्रयोगकर्ताको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ । यद्यपी एप्पलको गोपनियतासम्बन्धित नियमका कारण फेसबुकले विज्ञापनबाट हुने आम्दानीमा केहि घाटा पनि बेहोरेको छ । कम्पनीको राम्रो आम्दानी भएतापनि आम्दानीकाे असर यसमा परेको छ । फेसबुकले आउँदो त्रैमासमा प्राइवेसी अपटेडका कारण डिजिटल व्यवसायमा पनि प्रभाव पर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।