थप ६६६ जनामा कोभिड १९ पुष्टि, ११ संक्रमितको मृत्यु

Oct 26, 2021 05:09 PM Merolagani



नेपालमा थप ६६६ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ जनामा र दुई हजार २४९ एन्टिजेन परीक्षणमध्ये ९७ जनामा संक्रमण पाइएको हो ।

मन्त्रालायको अपडेटमा लेखिए अनुसार यसै अवधिमा ११ जना संक्रमितको मृत्यु भएको छ । मंगलबार देशभरमा ६२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कुल ९ लाख ४ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये सात लाख ८८ हजार ६३० जनाले कोरोना जितेका छन् भने ११ हजार ३७२ जनाले ज्यान गुमाएका छन् ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा १७७ जना रहेको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ३३ जना र भक्तपुरमा २५ जनामा कोभिड १९ देखिएको छ ।अहिले देशमा कुल सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।