साधारण सभा प्रयोजनार्थ नेरुडेले कहिले गर्दैछ बुकक्लोज?

Nov 23, 2021 10:33 AM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

लघुवित्तले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुकक्लोज गर्न लागेको हो। यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस १० गते १५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभाले हाल कायम चुक्ता पूँजीको २१.४८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।