नेप्से ओरालो लागेपनि कारोबार रकममा सामान्य सुधार

Nov 23, 2021 03:18 PM Merolagani

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब ८ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३२.२९ अंक घटेर २७३३.१४ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ७४ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से सूचक घटेपनि यस दिन मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १८० रुपैयाँ ९० पैसा बढेर १ हजार ९९० रुपैयाँ १० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन आईसीएफसी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ०.९४ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।