शुक्रबार सुनको मूल्य वृद्धि, साताभरमा सुन २,५०० रूपैयाँले घट्यो

Nov 26, 2021 12:05 PM Merolagani

साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । मंसिर १० गते, शुक्रबार सुन तोलामा २०० रूपैयाँले उकालो लागेको छ । लगातार तीन दिनको गिरावटपछि सुनको मूल्य बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रूपैयाँमा किनबेच हँदैछ ।

 बिहिबार सुन तोलामा रूपैयाँले बढ्दा प्रतितोला ९१ हजार ७०० रूपैयाँ कायम रहेको थियो । मंगलबार यता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हो । साताभरमा सुन प्रतितोला दुई हजार ५०० रूपैयाँले गिरावट भएको छ ।

अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ९४ हजार ४०० रूपैयाँ तोकिएको थियो । तर आईतबारदेखि सुनको मूल्य निरन्तर घटिनै रह्यो । यस साताको सोमबार सुन सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन प्रतितोला ९३ हजार ९०० रूपैयाँमा खरिद बिक्री भएको थियो ।

शुक्रबार सुनको भाउ बढेपनि चाँदीको भने घटेको छ । यस दिन चाँदी तोलामा पाँच रूपैयाँले अाेरालो लागेर प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी तोलामा पाँच रूपैयाँले वृद्धि भई एक हजार २३० रूपैयाँमा खरिद बिक्री भएको थियो। महासंघको तथ्यांक अनुसार साताभरमा चाँदी प्रतितोला ५० रूपैयाँले घटेको छ । पछिल्लो साताको शुक्रबार चाँदी प्रतितोला एक हजार २७५ रूपैयाँमा किनबेच भएको थियो । त्यसयता चाँदीको भाउमा सामान्य उतारचढाव देखिएको थियो । यो साता चाँदीको सबैभन्दा उच्च कारोबार मूल्य सोमबार प्रतितोला एक हजार २७० रूपैयाँ थियो भने सबैभन्दा कम कारोबार मूल्य बुधबार र आजको रहेको महासंघले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।