जीवन बीमा कम्पनीहरुको नाफा १४ प्रतिशतले घट्यो, नेपाल लाइफ सहित ५ को नाफामा संकुचन

Dec 01, 2021 12:25 PM Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीहरुले बीमांकिय मुल्यांकन अघि १ अर्ब ८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १४.१७ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले १ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

१९ जीवन बीमा कम्पनीहरु मध्ये पाँच कम्पनीहरुको खुद नाफा घटेका छन् । सबै भन्दा धेरै खुद नाफा घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको नाफा ९६.९३ प्रतिशतले घटेर ७० लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा नेपाल लाइफले २२ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एनआईसी नेपालको पनि खुद नाफा ४४.९० प्रतिशतले घटेर ३ करोड १९ लाख रुपैयाँमा झरेको छ ।

यस्तै नेशनल लाइफको २६.७२ प्रतिशत, मेट लाइफको १०.८५ प्रतिशत र गुराँस लाइफको ४.१५ प्रतिशतले खुद नाफा घटेका छन् ।

सबै भन्दा धेरै खुद नाफा बढाउनेमा भने सन नेपाल लाइफ शिर्ष स्थानमा रहेको छ । सन नेपालले यस अवधिमा ५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको असोजसम्ममा कम्पनीले २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

राष्ट्रिय बीमा संस्थानको खुद नाफा पनि ५२.३३ प्रतिशतले बढेर १५ करोड ६४ लाख रपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड २७ लाख रुपैयाँमात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस्तै युनियन लाइफको ४२.५२ प्रतिशत, रिलायन्स लाइफको ३८.१८ प्रतिशत, ज्योति लाइफको २७.७७ प्रतिशत, सानिमा लाइफको २४.७८ प्रतिशत, रिलायवल नेपालको १३.१० प्रतिशत र सूर्या लाइफको ११.८० प्रतिशतले खुद नाफा घटेका छन् ।

सिटिजन लाइफ, प्राइम लाइफ र आइएमई लाइफको खुद नाफा भने १ प्रतिशतले मात्रै बढेको छ ।

बीमा कम्पनीहरुको नाफ किन घट्यो?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा पाँच जीवन बीमा कम्पनीहरुको नाफा घट्न समग्र १४.१७ प्रतिशतले घटेको छ । नेपाल लाइफको खुद नाफा सर्वाधिक ९६.९३ प्रतिशतले घट्दा समग्र बीमा कम्पनीहरुको नाफामा असर देखिएको हो ।

नेपाल लाइफले शेयर लगानी नोक्सानी वापत १८ करोड ८ लाख रुपैयाँ छुट्याउदा खुद नाफा उल्लेख्य घटेको जनाएको छ ।

फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नुपर्ने भएकोले जीवन कम्पनीहरुको नाफामा प्रभाव प्रभावित भएको हो । फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्दा नाफा खुम्चिन आएको बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलको भनाई छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि बीमकको बीमांकीय मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ मा फ्युचर बोनसको लागि ५ वर्ष सम्ममा २० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यस अनुसार प्रोभिजनमा रकम छुट्टाउँदा बीमा कम्पनीहरुको नाफा प्रभावित बनेको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।