महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 01, 2021 08:21 AM Merolagani



महिला लघुवित्त वित्तीय संस्था (MLBSL) को सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज, मंसिर १५ गते, बुधबार, अन्तिम दिन हो।

लघुवित्तले मंसिर २२ गते डाकेकाे चौथो वार्षिक साधारण सभा र ५० प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि मंसिर १६ गते बिहीबारदेखि बुकक्लोज गर्ने भएको छ। जस अनुसार आज बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको ४७.५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित २.५ प्रतिशत नगद लाभांश पाउनेछन्।

मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट, धुलिखेल काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुने सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सहित लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ भने प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।