स्वाभिमान लघुवित्तको साधारण सभा आव्हान, लाभांश प्रस्ताव पारित हुँदै

Dec 01, 2021 10:04 AM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले पुस ८ गते, बिहीबार, दिउँसो १ देखि अनलाईनको माध्यमबाट भच्र्युअल माध्यमबाट पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ।

सभाले हाल कायमचुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनाको लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपयुक्त घ वर्गको वित्तीय संस्थासँग मर्जर अथवा एक्विजीशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सभामा सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन पनि गरिनेछ। सो निर्वाचन लघुवित्तको केन्द्रिय कार्यालय, तिलोत्तमामा ३ बजेदेखि भौतिक रुपमा सञ्चालन गरिनेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।