११ प्रतिशत लाभांश वितरण गर्न लक्ष्मी बैंकले तोक्यो बुकक्लोज, साधारण सभा कहिले?

Dec 01, 2021 11:10 AM Merolagani



लक्ष्मी बैंंक (LBL) ले गत आर्थिक वर्षको कमाइबाट साढे ११ प्रतिशत लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ।

बैंककाे मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते बुकक्लोज गर्ने निर्णय गरेको हो। मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले बैंकले वितरण गर्ने ८ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश पाउनेछन्।

लाभांश वितरणको लागि बैंकले पुस ८ गते दिनको २ बजे अग्रवाल भवन कमलपोखरी काठमाण्डौमा साधारणसभा बोलाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।