अवैध माेबाइल आयात रोक्न एमडिएमएस तत्काल लागू गर्न अर्थमन्त्री शर्माको निर्देशन

Dec 01, 2021 11:43 AM Merolagani

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्न नेलाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्।

मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले केही समय भित्रै कार्यान्वयन हुने आश्वासन व्यवसायीलाई दिएका हुन्।

गत मंगलबार मोबाइल आयातकर्ता संघका पदाधिकारीले अर्थमन्त्रीलाई एमडिएमएस लागू गर्न आग्रह गरेका थिए।

अवैध मोबाइल आयातले सरकारलाई प्राप्त हुने अर्बौं राजश्व समेत गुम्दै गएको भन्दै दूरसञ्चार प्राधिकरणलाई ध्यानाकर्षण समेत गराए।

comments powered by Disqus

एक अर्ब भन्दा बढी शेयर ऋण चलाएका दीक्षान्त बजारबाट निस्कँदै, २१ वर्षीय बानियाँले शेयर बजार छोड्न सक्लान् ?

Jan 05, 2022 05:49 PM

सुवास निरौला

नेपालमा सबैभन्दा बढी शेयर ऋण चलाउनेहरूका सूचिमा रहेकाहरू मध्येका एक ठूला लगानीकर्ता दीक्षान्त बानियाँ शेयर बजारबाट निस्कने तयारीमा छन्।