मोबाइल व्यवसायीको एक स्वर ‘एमडिएमएस तत्काल लागू होस्’

Dec 01, 2021 12:39 PM Merolagani



मोबाइल आयात कर्ता र वितरकले नेपालमा मोबाइल आयात अवैध बाटोबाट मौलाउँदै गएको भन्दै एमडिएमएस तत्काल कार्यान्वयनमा जोड दिएका छन । बुधबार राजधानीमा आयोजित मोबाइल वितरक संघको कार्यक्रममा व्यवसायीहरुले अवैध मोबाइल विक्रीलाई नै मुख्य एजेन्ड बनाए ।

कार्यक्रममा बौल्दै माबाइल व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागु गर्नु अनिवार्य सर्त भएको बताए ।

उनले भने,  ‘चालू आर्थिक वर्षको बजेट दस्तावेजमै समेटिएको विषय भएकाले एमडिएमएस लागु हुनेमा हामी ढुक्क थियौं । तर त्यसो हुन सकेन । अब बल्ल अर्थमन्त्री तात्नु भएको छ । लागु हुन्छ भन्ने विश्वास लागेको छ । मोबाइल बजार व्यस्थित गर्न यो अनिवार्य सर्त हो ।’


उनले बजारको अबैध कारोबारको सुरुवात क्यान्सर भाइरसजस्तै भएको बताउँदै समयमै काटेर नफाले क्यान्सर नै हुने खतरा बढेको बताए ।

व्यवसायी मल्होत्राले आफूले मोबाइल फोनको व्यवसाय सुरु गरेको २६ वर्ष वर्ष भएको प्रसङ्ग कोट्याउँदै भने, ‘मेरो त पहिचान नै मोबाइल व्यवसायी भइसकेको छ । अस्ति मात्रै मेरो जन्म दिनमा म मन्दिर गए । त्यहाँ पूजारीले नाम र थर सोधेपछि भने तपाई मोबाइलवाला हैन? मेरो पहिचान नै मोबाइल व्यवसाय हो ।’

कार्यक्रममा ससस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अबैध निकासी पैठारीलाई रोक्न संगठन तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागु गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै उनले भने ‘मोबाइल फोन सेवाको व्यवस्थापनमा काम गरिरहेका छौं ।एमडिएमएस लागु गर्ने अन्तिम तयारी भइरहेको छ । कोरोना भाइरसका कारण सिस्टम लागु गर्न ढिलाइ भयो । यही महिनाको अन्तिममा यसलाई हामीले पूर्ण रुपमा लागु गर्छौं ।’

महाधिवेशनको उद्घाटन सत्र समापन गर्दै संस्थाका दिनेश चुल्याद्योले मोबाइल बजारलाई व्यवस्थित गर्दै माथि उठाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘मोबाइल फोन अत्यावश्यक हुँदाहुँदै पनि महंगो भइरहेको छ ।

यसलाई कम गर्न करका दरमा हेरफेर गरिदिनु पर्नेछ भने एमडिएमएस तत्काल लागु गरेर सरकारले सहयोग गरिदिनुपर्नेछ ।’ कार्यक्रममा देशभरी मोबाइल व्यवसायी उपस्थित थिए । संस्थाको दोस्रो महाधिवेशनको बन्द सत्रले अब नयाँ कार्यसमिति चयन गर्नेछ ।

यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए । नेपाल बैंकर्स एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका शाहले भने ‘मोबाइल फोन बिलासिता होइन । यति लामो लकडाउनमा सूचना र सञ्चारमा पनि मोबाइल फोनको ठूलो योगदान छ । टाढा टाढा रहेका आफन्तजनसँग भेटघाट भएको छ । आगामी दिनहरुमा मोबाइल फोनको माग अझैं बढ्नेछ । पूँजीका लागि नबिल बैंक तयार छ ।’




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।