हुवावेकोे ‘सिड्स फर द फ्युचर’ कार्यक्रमको सुरुवात

Dec 01, 2021 02:55 PM Merolagani

चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रमको सुरुवात गरेको छ । सोमबार कम्पनीले सूचना प्रविधि पृष्ठभूमिका २० विद्यार्थीलाई सिकाइको अवसर दिने गरी नयाँ कार्यक्रम घोषणा गरेको हो ।

यसअन्तर्गत विभिन्न क्षेत्रका २० जना विद्यार्थीलाई प्रतिस्पर्धाबाट छनोट गरिने कम्पनीले जनाएको छ । उनीहरु आईसीटी पृष्ठभूमिका हुनेछन् । छनोट भएकाले युनिक लर्निङ अपरच्युनिटीसँगै स्थानीय औद्योगिक क्षेत्रका विज्ञहरुबाट ८ दिने तालिम र कक्षामा सहभागिता जनाउनेछन् ।

यसकासाथै उनीहरुलाई कास्कीको घान्द्रुकमा रहेको कम्पनीको फोरजी बेस स्टेसनमा फिल्ड भिजिट गराइने कम्पनीले जनाएको छ । कम्पनीले सन् २००८ देखि विभिन्न देशमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो । यो अवधिमा १३० देशका ९ हजार विद्यार्थीँले भाग लिएका छन् ।

अक्टोबर ६ देखि नोभेम्बर ७ सम्ममा नेपालरभरबाट १३६ निवेदन आएको कम्पनीले बताएको छ । प्रतिस्पर्धी छनोटका माध्यमबाट २० विद्यार्थी छानिएको छ जसमध्ये ४ जना उपत्यका बाहिरका रहेका छन् । ती विद्यार्थीहरुले टेक फर गुड ग्लोबल प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछन् जहाँ उनीहरुले सामाजिक तथा वातावरणिय समस्याका बारेमा केहि उत्कृष्ट उपाय दिएमा २० हजार अमेरिकी डलर समेत जित्न सक्नेछन् ।

उक्त कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बोधमाया कुमारी यादवले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा बस्ने हरेक नेपालीलाई डिजिटल कनेक्टिविटीको पहुँच हुनुपर्नेमा जोड दिइन्। मन्त्री बोधमायाले थप्दै भनिन् , डिजिटल कनेक्टिविटि शिक्षा क्षेत्रकालागि अपरिहार्य रहेको छ । डिजिटल विकासकालागि डिजिटल साक्षरता र डिजिटल प्रतिभाको विकास उत्तिकै आवश्यक रहेको छ। यस्तै उनले नेपालका विद्यार्थीहरूलाई सीड्स फर द फ्युचर कार्यक्रमबाट नयाँ कुराहरू सिक्ने, अन्तर्राष्ट्रिय साथीहरूसँग मित्रता गाँस्ने र अन्तर्राष्ट्रिय कम्पनीसँग जोडिने अवसर दिएकोमा हुवावेलाई धन्यवाद पनि दिइन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।