बीमा समितिको निर्देशनले हिमालयन रिको व्यवसाय सुनिश्चित, नेपाल पुनर्बीमा कम्पनीको भने व्यवसाय बढ्ने

Dec 01, 2021 04:11 PM Merolagani

बीमा समितिले मंसिर ९ गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीहरुमा गर्न निर्देशन दिएको थियो । समितिले नयाँ सञ्चालनमा आउन लागेको हिमालयन रिको व्यवसाय सूनिश्चतता गर्दै स्वदेशी पुनर्बीमा कम्पनीलाई शतप्रतिशत व्यवसाय दिन निर्देशन दिएको हो ।

हाल जीवन तथा निर्जीवन बीमा आफुले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत पुनर्बीमा अनिवार्य नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई निरन्तरता दिदै समितिले बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई दिन निर्देशन दिएको हो ।

बीमा समितिको यो कदमकाे विरुद्ध चर्को आलोचना भइरहेको छ । तर पनि समितिले पछि नहट्ने संकेत गरेको छ । चौतर्फी आलोचना भएपछि समितिले मंसिर १३ गते एक विज्ञप्ती जारी गर्दै आफ्नो निर्णयबाट नहट्ने प्रष्ट पारेको हो ।

त्यस अनुसार नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले नेपालमा सञ्चालनमा रहेको ३९ वटा बीमा कम्पनीहरुको पुनर्बीमा व्यवसाय पाउनेछन् । यसले नयाँ सञ्चालनमा आउन लागेको हिमालयन रिको व्यवसाय सुनिश्चित भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको व्यवसाय भने बढ्ने निश्चत देखिन्छ ।

बीमा समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्तिमसम्ममा जीवन बीमा कम्पनीहरुबाट ३ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुबाट १७ अर्ब १९ करोड रुपैयाँ गरी कुल २१ अर्ब २ करोड ७४ लाख रुपैयाँ भन्दा धेरै रकम पुनर्बीमा वापत विदेशिएको छ ।

समितिको निर्देशनले वार्षिक विदेशिने यस्तै अर्बौ रकम नेपालमै रोकिनेछ । यसले पुनर्बीमा वापत विदेशिने रकम नेपालमै रोकेर मुद्रा संचितीमा समेत योगदान पुग्ने बीमा समितिको भनाई छ ।

हाल नेपाल पुनर्बीमा कम्पनीलाई आठ जीवन बीमा कम्पनीहरुले शतप्रतिशत पुनर्बीमा व्यवसाय दिँदै आएका छन् । गुराँस लाइफ, आइएमई लाइफ, एलआईसी नेपाल, राष्ट्रिय बीमा संस्थान, सानिमा लाइफ, सूर्या लाइफ र सिटिजन लाइफले नेपाल पुनर्बीमामा शतप्रतिशत पुनर्बीमा गराएका छन् ।

यस्तै, नेपाल पुनर्बीमा कम्पनीले फिलिपिन्स, बंगलादेश, भुटान, भारत, पपुवा न्यूगिनी, माल्दिभस्, भियतनाम, टोगो गरी आठ देशबाट व्यवसाय विस्तार गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने ९ अर्ब ४३ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३५ करोड १४ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।