बिहीवार सार्वजनिक बिदाकाे सूचना ढिला आउँदा ८ वटा कम्पनीका लगानीकर्ता मर्कामा

Dec 29, 2021 06:13 PM MeroLagani



तमु ल्होसारको उपलक्ष्यमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय अनुसार देशभरका सबै सरकारी कार्यालजय तथा सार्वजनिक निकाय र विदेशस्थिति कुटनैतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिने उल्लेख छ ।

भोलि बिदा हुने नहुने अनिश्चित हुँदा ८ वटा कम्पनीका लगानीकर्ता भने मर्कामा परेका छन् ।

किनभने शुक्रबार बुकक्लोज भएका समृद्धि फाइनान्स, चन्द्रागिरी हिल्स लिमिटेड, नबिल बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, कृषि विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि र गुडविल्स फाइनान्स कम्पनीको शेयर किन्ने, बेच्ने वा होल्ड गर्ने अन्तिम निर्णय भोलि बिहीबार हुने थियो ।

बिहीबार बिदा नभएको भए भोलि अन्तिम कारोबार हुने थियो । नगद लाभांश, बोनस शेयरको लागि शेयर किन्ने बेच्ने निर्णय गर्ने मौका नपाउँदै आज नै अन्तिम दिन भएको छ।

 




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।