दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 05, 2022 06:31 AM Merolagani

पुस २१ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले भोली अर्थात पुस २२ गते, बिहीबार बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न र यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) ले पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश पारित गर्नेछ। लाभांश वितरण पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएको कम्पनीको प्रबन्धपत्र तथा नियमावली पनि संशोधन गर्न स्वीकृत गर्नेछ। सभाले संस्थापक शेयर स्वामित्व पनि परिमार्जन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यस्तै, सभाले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्ने गराउने प्रयोजनको लागि सहमति तथा सम्झौता लगाएको काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड (GMFIL) ले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।