गत साता साढे ६ प्रतिशतभन्दा बढी बढेको नेप्से, यस साता के होला?

Jan 09, 2022 08:21 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ६ प्रतिशतभन्दा बढी बढेको थियो। अघिल्लो साता २५२४.५० विन्दुमा बन्द भएको नेप्से, गत साता ६.६५ प्रतिशत अर्थात १६७.९७ अंक बढेर २६९२.४७ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २४०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा पनि नेप्सेले बुलिश मारुबोजु नै बनाएको छ। यसले पनि सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १४.८४ प्रतिशत बढी हो।

गत साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक ७.६५ प्रतिशत बढेको छ। अघिल्लो साता १७०२.१२ विन्दुमा बन्द भएको नेप्से, गत साता १३०.१७ अंक बढेर १८३२.२९ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक सर्वाधिक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा १६०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेजस्तै यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा माथि रहेको छ। यसले यस उपसमूहमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।