नबिल बैंकले एनबी बैंकलाई एक्वायर गर्ने सम्झौता

Jan 13, 2022 06:47 PM MeroLagani

नबिल बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन गर्ने सम्झौता गरेकाे छ । उक्त सम्झौतामा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।


नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने विषयमा विगत केही हप्तादेखि बाक्लो छलफल भइरहेको थियाे। एनबी बैंकको सञ्चालक समिति बैठकले नबिल बैंकसँग एक्विजिसनमा जाने विषय पारित गरिसकेको छ भने नबिल बैंकले पनि सो विषयलाई पारित गरिसकेको छ । एक्विजेशनपछि बैंकले नबिल बैंककै नाममा कारोबार गर्नेछ । एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरेर स्वाप रेसियो निर्धारण गरिएको छ । सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए) रिपोर्टमा १० प्रतिशत तलमाथि भएमा पनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।