एफपीओ निष्काशन तथा लाभांश प्रस्ताव पारित गर्न नयाँ सारथी लघुवित्तले डाक्यो साधारण सभा

Mar 27, 2022 11:15 AM Merolagani



नयाँ सारथी लघुवित्त (NSLB) ले थप सार्वजनिक निष्काशन अर्थात एफपीओ तथा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपश्चात शेयर खरिद गरेका शेयरधनीहरुका लागि बोनसको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले वैशाख १० गते तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। लघुवित्तको सो सभा केन्द्रिय कार्यालय, धुलिखेलमा दिउसो ३ बजे सभा डाकेको हो।

सभाले लाभांश प्रस्तावका साथै एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत २३ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।