आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न आईएमई लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

Apr 06, 2022 10:27 AM Merolagani



आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले बैशाख १४ गते, बुधबार, बेगनास हल, र्याडिशन होटल, लाजिम्पाटमा चौथो वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशनका साथै अन्य इन्स्योरेन्स कम्पनी मर्ज अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।