आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न आईएमई लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

Apr 06, 2022 10:27 AM Merolagani



आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले बैशाख १४ गते, बुधबार, बेगनास हल, र्याडिशन होटल, लाजिम्पाटमा चौथो वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशनका साथै अन्य इन्स्योरेन्स कम्पनी मर्ज अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।