लाभांश पारित गर्न एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा

Apr 08, 2022 09:29 AM Merolagani



एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (EIC) ले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले २०७९ बैशाख २१ गते, बुधबार, अग्रवाल भवन, कमलपोखरीमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिउसो २ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३७ लाख ३७ हजार ६९८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अधिकृत पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने, निर्जीवन बीमा कम्पनी मर्ज अथवा एक्वार गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहकोतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १२ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा इन्स्योरेसको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।