सगरमाथा इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत

Apr 19, 2022 10:32 AM Merolagani



सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (SIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ।

इन्स्योरेन्सको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी बीमा समितिमा पठाएको थियो। सोही निर्णय बीमा समितिले स्वीकृत गरेको हो।

सो लाभांश अब इन्स्योरेन्सको वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।