को हुन् विश्वकी सर्वाधिक धनी महिला?

May 12, 2022 12:28 PM Merolagani

के तपाईँलाईँ विश्वको सर्वाधिक धनी महिलाका बारेमा थाहा छ ? विश्वको सबैभन्दा धनी महिला हुन् फ्रेन्स्वाज बेट्टनकोर्ट मेयर्स । कस्मेटिक उत्पादन गर्ने फ्रान्सको पेरिसस्थित लोरियल कम्पनीकी संंचालक हुन् फ्रेन्स्वाज ।

यद्यपी विश्वकै धनाढ्यहरुको सूचीमा उनी १४औं स्थानमा छिन् । अर्थात् १३ जना धनी पुरुषहरुको सम्पत्ति उनको भन्दा धेरै छ ।

६८ वर्षिय फ्रेन्स्वाज आजको यो स्थानमा आफ्नो मेहनत र लगनशिलताले पुगेकी हुन् । उनको कुल सम्पत्ति ७४.८ बिलियन डलर रहेको छ जसमा उनको परिवारकाे कम्पनीमा ३३ प्रतिशत शेयर रहेको छ । सन् २०२१मा ७३.६ बिलियन डलर रहेको उनको सम्पत्ति वृद्धि भएको छ । दुई वर्षअघि फ्रेन्स्वाजको सम्पत्ति ४८.९ बिलियन डलर रहेको थियो ।

पुस्तैनी बिँडाे थाम्दै

लोरियलका संस्थापक युजेन शुलरकी नातिनी फ्रेन्स्वाज सन् १९९७ देखि कम्पनीको बोर्ड सदष्यका रुपमा रहेकी थिइन् । व्यापारी लिलियन बेट्टेनकोर्ट र राजनितिज्ञ आन्द्रे बेट्टनकोर्टकाे छाेरी हुन् फ्रेन्स्वाज।

उनकी आमा लिलियन बेट्टेनकोर्टको सन् २०१७मा ९४ वर्षको उमेरमा निधन भएपछि उनी फ्रान्समा एकलौटी राज गरिरहेको लोरियलको अध्यक्ष भएकी हुन् । त्यसपश्चात उनले विश्वकै अर्बपतिको सूचीमा पाइला टेकिन् । उनी अघि आमा लिलियनको नाम शिर्ष धनाढ्यमध्ये पहिलो स्थानमा रहेको थियो । लिलियन लोरियलका संस्थापक युजेनको एक मात्र सन्तान थिइन् । कम्पनीको प्रगतिमा ठुलो योगदान रहेको लिलियनलाई बिर्सने रोग अर्थात् अल्जाइमर थियो ।

परोपकारी संस्थाको पनि अध्यक्ष

फ्रेन्स्वाजले उनको परिवारकै एक परोपकारी संस्थाको पनि अध्यक्षता बहन गरिरहेकी छिन् । सो संस्थाले फ्रान्सको विज्ञान र कलासँग सम्बन्धित विकाशकालागि काम गर्दछ ।लोरियल र बेट्टनकोर्ट मेयर्सको परिवारले संयुकत रुपमा सन् २०१९ पछि नोटरे डाम क्याथेड्रलको आगलागीपछि पुननिर्माण गर्न २२६ मिलियन डलरको सहयोग गरेको थियो ।

उत्तराधिकारका बारेमा प्रश्न 

बेट्टेनकोर्ट मेयर्सको उत्तराधिकारका बारेमा फ्रान्समा एक सनसनीपुर्ण परिक्षणको विषय रहेको थियो । आफ्नो आमाको रोगको फाइदा उठाएर आफ्नो भाग्य बनाउनका निम्ति हेरफेर गरेको समेत उनीमाथि आरोप लगाइएको थियो । संचारमाध्यमका अनुसार आमा र छाेरीबिच सम्बन्ध राम्राे थिएन ।

चर्चित बेट्टनकाेर्ट काण्ड

सन् २००८ मा बेट्टनकाेर्ट पिरवार नराम्राे विवादमा फसेकाे थियाे । फ्रान्समा याे विवादलाई इतिहासकै ठुलाे काण्डका रूपमा लिइन्छ । फ्रेन्स्वाजले फ्रान्सकै फाेटाेग्राफर, कलाकार तथा लेखक म्यारी बेनियरले आमा लिलियनबाट १०० मिलियन यूराे भन्दा धेरै पैसा तथा सम्पत्ति लिएकाे आरोप लगाउँदै मुद्या दायर गरेकी थिइन् ।

उनका अनुसार लिलयनकाे मानसिक अवस्था स्थिर नहुँदा उनलाई म्यारी बेनियरले फकाएर सम्पत्ति उपहारका रूपमा लिएर धाेका दिएका थिए । लिलियनसँग निकट सम्बन्ध रहेका ती फाेटाेग्राफरले उपहारका नाममा बिमा पाेलिसी तथा घर, गरगहना, नगद र पेन्टिंग पनि लिएका थिए । साे विवादले पुरै फ्रान्समा र संचारमाध्यममा नै तहल्का मच्चाएकाे थियाे । विवाद बढ्दै जाँदा फ्रान्सकाे राजनीतिज्ञ पनि याे विवादमा मुछिएका थिए । पछि भने याे मुद्धा अदालत बाहिर नै सल्टाइएकाे थियाे ।

लेखक फ्रेन्स्वाज 

फ्रेन्स्वाज एक लेखक पनि हुन् । एक क्याथाेलिककाे घरमा जन्मेकी उनले आफ्नो आस्थालाई प्रयोग गर्दै साहित्यिक जगतमा पाइला टेकिन् । उनले ग्रीक ईश्वरहरुका बारेमा र बाइबलमा टिप्पणी सहितको किताब लेखेकी छिन् ।

संगीतमा रूची

फ्रेन्स्वाजकाे रूची किताबकासाथै संगीतमा पनि रहेकाे छ  । ठुला ठुला भाेज हुने तथा तामझाममा सहभागी हुने धनाढ्य परिवारमा हुर्किएपनि उनी सधैँ त्याे स्पटलाइटबाट टाढा रहिन् । साेहि कारण किशाेरावस्थादेखि नै आमासँग उनकाे सम्बन्ध चिसिएकाे बताइन्छ । 

उनी प्राय पुस्तक पढेर समय बिताउने गर्छिन् । यस्तै अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार बाल्यकाल देखि नै उनी पियानाे बजाउन मन पराउँछिन् । 

छाेराहरूले सम्हाल्दै व्यवसाय

फ्रेन्स्वाज विवाहित हुन् र उनका दुई सन्तान पनि छन् । जीन पियर मेयर्ससँग विवाह गरेकी उनका छाेराहरू जीन भिक्टर मेयर्स र निकाेलस मेयर्स हुन् । अहिले यी दुबै लाेरियलकाे बार्ड सदष्यका रूपमा छन् । ३६ वर्षिय जीन भिक्टर अब लाेरियलका उत्तराधिकारी हुँदैछन् । निकाेलस ३३ वर्षका भएका छन् ।

फ्रेन्स्वाजका श्रिमान् जीन पियर अहिले ७३ वर्षका भएका छन् । उनी उडियर बुंगनर काेरभाेसियर बैंकका निर्देशक थिए भने साेसाइटी जनलरमा वित्तिय मामिला निर्देशनालयमा आवद्ध थिए । यसैगरी उनी सहायक प्राध्यापक पनि थिए । उनले अर्थशास्त्र अध्ययन गरेका छन् । हाल भने उनी लाेरियलका उपाध्यक्ष तथा बाेर्ड सदष्य पनि हुन् । यसैगरी बेट्टनकाेर्ट शुलर फाउण्डेसनका उपाध्यक्ष पनि हुन् ।

एजेन्सी ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।