संसारकै सबैभन्दा बहुमूल्य कम्पनीको ताज साउदी अरामकोले खोस्यो, एप्पल दोस्रोमा

May 12, 2022 03:50 PM merolagani



एप्पललाई पछि छाड्दै साउदी अरामको संसारकै सबैभन्दा बहुमूल्य कम्पनी बनेको छ। कच्चा तेलमा भएको मूल्य वृद्धिको कारण अरामको संसारकै सबैभन्दा बहुमूल्य कम्पनी बनेको हो।

कच्चा तेलमा भएको मूल्य वृद्धिका कारण अरामको शेयर मूल्य बढेको छ भने महँगीका कारण प्राविधिक कम्पनीका शेयर घटेका छन्। साउदी अरेबियन नेशनल पेट्रोलियम एण्ड न्याचुरल ग्यास कम्पनी संसारकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो।  

 

शेयर मूल्य अनुसार अरामको शेयर भ्यालुएसन २.४२ ट्रिलियन डलर पुगेको छ। सोही समयमा एप्पलको शेयर मूल्य गएको एक महिनादेखि घट्दो क्रममा छ। जसको कारण बुधवार एप्पलको भ्यालुएसन २.३७ ट्रिलियन डलर कायम भएको छ। चलु वर्ष पहिलो तीन महिनामा एप्पलले आशा गरे भन्दा बढी नै नाफा गरेको थियो। तै पनि उसको शेयर लगातार घटिरहेको छ।

चालु वर्ष नै एप्पलको सुरुवाती महिना उसको भ्यालुएसन तीन ट्रिलियन डलर थियो। त्यसपछि एप्पलको मूल्य २० प्रतिशतले घटिसकेको छ। जबकि त्यही अवधिमा आरामकोको शेयर मूल्य २८ प्रतिशतले बढेको छ। संसारको सबैभन्दा बहुमूल्य कम्पनीको ताज अरामकोले खोसे पनि अमेरिकाको सबैभन्दा बहुमूल्य कम्पनीको ताज अझै पनि एप्पलकै हातका छ। अमेरिकाको दोस्रो बहुमूल्य कम्पनीमा माइक्रोसफ्ट कर्प छ। उसको भ्यालुएसन १.९५ ट्रिलियन डलर छ। 

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।