संसारकै सबैभन्दा बहुमूल्य कम्पनीको ताज साउदी अरामकोले खोस्यो, एप्पल दोस्रोमा

May 12, 2022 03:50 PM merolagani



एप्पललाई पछि छाड्दै साउदी अरामको संसारकै सबैभन्दा बहुमूल्य कम्पनी बनेको छ। कच्चा तेलमा भएको मूल्य वृद्धिको कारण अरामको संसारकै सबैभन्दा बहुमूल्य कम्पनी बनेको हो।

कच्चा तेलमा भएको मूल्य वृद्धिका कारण अरामको शेयर मूल्य बढेको छ भने महँगीका कारण प्राविधिक कम्पनीका शेयर घटेका छन्। साउदी अरेबियन नेशनल पेट्रोलियम एण्ड न्याचुरल ग्यास कम्पनी संसारकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो।  

 

शेयर मूल्य अनुसार अरामको शेयर भ्यालुएसन २.४२ ट्रिलियन डलर पुगेको छ। सोही समयमा एप्पलको शेयर मूल्य गएको एक महिनादेखि घट्दो क्रममा छ। जसको कारण बुधवार एप्पलको भ्यालुएसन २.३७ ट्रिलियन डलर कायम भएको छ। चलु वर्ष पहिलो तीन महिनामा एप्पलले आशा गरे भन्दा बढी नै नाफा गरेको थियो। तै पनि उसको शेयर लगातार घटिरहेको छ।

चालु वर्ष नै एप्पलको सुरुवाती महिना उसको भ्यालुएसन तीन ट्रिलियन डलर थियो। त्यसपछि एप्पलको मूल्य २० प्रतिशतले घटिसकेको छ। जबकि त्यही अवधिमा आरामकोको शेयर मूल्य २८ प्रतिशतले बढेको छ। संसारको सबैभन्दा बहुमूल्य कम्पनीको ताज अरामकोले खोसे पनि अमेरिकाको सबैभन्दा बहुमूल्य कम्पनीको ताज अझै पनि एप्पलकै हातका छ। अमेरिकाको दोस्रो बहुमूल्य कम्पनीमा माइक्रोसफ्ट कर्प छ। उसको भ्यालुएसन १.९५ ट्रिलियन डलर छ। 

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।