डुब्दै क्रिप्टाेकरेन्सी, लगानीकर्ताकाे भराेषा गुम्दै

May 17, 2022 05:51 PM Merolagani

विश्वकै सर्वाधिक ठुलो क्रिप्टोरकेन्सीमा क्रयास भएपछि दर्जनौँ यस्ता करेन्सीको मूल्यमा भारी गिरावट आएको छ । जसबाट मानिसहरुकाे क्रिप्टोकरेन्सीमाथिकाे विश्वास डगमगाएको छ ।

यसैगरी विश्वभरका नियामक सरकारी संस्थाहरुले क्रिप्टोकरेन्सीका बारेमा दिएको चेतावनी सहि प्रमाणित भएको दाबी गरेका छन् । यी संस्थाहरुले यसअघि कैयौँपटक क्रिप्टोकरेन्सीमा लगानी गर्नु जोखिमपुर्ण रहेको बताएका थिए ।

सबैभन्दा ठुलो झट्का स्थिर भनिने क्रिप्टोकरेन्सीलाई लागेको छ । यी क्रिप्टोरकेन्सीको मूल्य डलरमा आधारित हुने बताइएको थियो । यसैगरी परम्परागत वित्तिय प्रणाली र क्रिप्टो कारोबारको दायराकाबीच यसलाई एक पुलको रुपमा लिइएको थियो ।

१९ बिलियन डलर बजारमूल्य रहेको करेन्सी १.३ डलरमा झर्यो

तिनै करेन्सीहरुमध्ये टेरा यूएसडि (जसलाइ यूएसटि पनि भनिन्छ) पनि पर्दछ । एक युनिटकाे मूल्य एक अमेरिकी डलर बराबर हुने रहने गरेको दाबी गरिन्थ्यो । कुनै समय यो करेन्सीको बजार मूल्य १९ बिलियन डलरसम्म पनि पुगेको थियो । तर एक साता पहिले उसको डलरसँगको समानता तोडियो । त्यसपछि यो करेन्सीको मूल्य तिव्र रुपमा गिरावट आएर १.३ बिलियन डलर झरेकाे छ । गत शुक्रबार यो करेन्सीको मूल्य  प्रति युनिट १६ सेन्ट बराबरसम्म झरेकाे थियाे ।

जसकारण सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी बिटक्वाइनदेखि यस्ता साना मुद्राहरुमा पनि लगानीकर्ताहरुको विश्वास घटेको छ । लोकप्रिय तथा स्थिर मानिने टिथरको बजार मूल्य ८० बिलियन डलर आंकलन गरिएको थियो । तर गत बिहीबार डलरसँग यसको मूल्यको समानता रहेन । टिथरले उसँग हार्ड करेन्सीमा सम्पत्ति भएको दावी गरेको थियो । यसरी टिथरको मूल्य जटिल कारोबार एल्गोरिदममा निर्भर नभएको बताउन सकिन्छ ।

जापानमा क्रिप्टो कारोबारसँग सम्बन्धित रिमिक्स प्वाइन्टका सीईओ गेंकी ओडाले निक्केई एशिया डट कमसँग एल्गोरिदम, स्थिर मुद्राहरुको सीमा रहेको बताए । उनले भविष्यमा पर्याप्त सम्पत्ति भएकाे कुनै एक स्थिर मुद्रामात्र बच्ने पनि बताएका छन् ।

जापानका दाइवा इन्स्टिच्युट अफ रिसर्चमा अनुसन्धानकर्ता जुन योकोयामाले विश्वव्यापी प्रचलन अनुसार जापान सरकारले पनि यो विषयमा उचित कदम उठाउने बताएका छन् । अमेरिकाको अर्थमन्त्री जेनेट एलनले क्रिप्टो कारोबारलाई विनियमित गर्न कानुन बनाउन आग्रह पनि गरेका छन् ।

क्रिप्टोकरेन्सी कारोबारमा निगरानी राख्ने संस्था कोइन मार्केट क्यापका अनुसार गत शुक्रबार क्रिप्टोकरेन्सीको कुल बजार मूल्य १.३ ट्रिलियन डलर थियो । यो एक साता अघिको तुलनामा २८० बिलियन डलर भन्दा कम हाे। यसैगरी यूएसटिको मूल्य निकै तल्लो स्तरमा झरे पनि स्थिर मुद्राहरुकाे मूल्य पछिल्लो सातासम्म कुल १५० बिलियन डलर बराबर रहेको थियो ।

विज्ञहरुले क्रिप्टोकरेन्सीको मूल्यमा अचानक भारी गिरावट आएपछि क्रिप्टो मुद्राहरुको कमजोरीलाई उजागर गरेको बताएका छन् । जापानस्थित क्रिप्टो कारोबार गर्ने कम्पनीमा काम गर्ने कर्मचारीले यसपटक असर धेरै गम्भिर रहनुको कारण क्रिप्टोको सबै इकोसिस्टम ध्वस्त भएको पनि खुलाएका छन् ।

यूएसटीको सुरुवात २०१८मा दक्षिण कोरियामा भएको थियो । जसको उद्देश्य क्रिप्टोकरेन्सी मूल्यलाई डलरसँग जोडेर यस क्षेत्रमा स्थिरता ल्याउनु रहेको थियो । तर अहिले यस करेन्सीका कारण क्रिप्टो व्यवसायलाई हालसम्मकै ठुलो धक्का लागेको छ ।

एजेन्सी ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।