बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

May 18, 2022 02:13 PM Merolagani

अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीहरुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्रीका लागि प्रचारप्रसार थालेका हुन् ।

अहिले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि खसेको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेका उम्मेद्वार केशब स्थापितभन्दा दोब्बर मतान्तर अर्थात १७ हजार ३१ मत पाएका छन् । स्थापितले ८ हजार १ सय ७६ मत पाएका छन् ।

मेयरमा उम्मेदवारी घोषणा र उम्मेदवारी दर्तापछि काठमाडौँका मेयरका उम्मेदवारमध्ये सर्वाधिक खाेजीमा परेका उम्मेदवारको रुपमा स्थापित बालेन शाह यतिबेला उनको चस्माले सर्वत्र चर्चा पाइरहेको छ । उनी कुनै पनि कार्यक्रममा होस अथवा जहाँकाही जादाँ होस कालो चस्मा कतै पनि छुटाउदैनन ।

बालेनले लगाउने चस्माको बजारमा पनि उच्च माग रहेको बताइन्छ । यो चस्माको आधिकारीक नाम नभएपनि नेपालका इकमर्श कम्पनीहरुले बालेन शाहको चस्मा नाम दिएका छन् ।

चर्चित इकमर्श कम्पनी ग्यापू मार्केट प्लेसले पनि बालेनले लगाउने चस्मालाई बालेन दाइको चस्मा नाम दिएर विक्रीका लागि समाजिक सञ्चारमा राखेको छ । ग्यापूले यो चस्माको मूल्य ८९९ तोकेको छ । बजारमा यो चस्माको मूल्य ९ सयदेखि माथि रहेको छ ।

सामाजिक सञ्जालमा फेसबुक पेज मार्फत पनि बालेन साहले लगाउने चस्माको फरक फरक मुल्य राखेर अनलाइन बिक्रीमा राखिन थालेको छ । कतिपयले उनले लगाउने कोटको समेत खोजी गर्न थालिसकेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।