लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा

May 22, 2022 10:43 AM Merolagani



नेपाल इन्स्योरेन्स कम्पनी (NICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले ११ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ ३० गते ७३ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

यसका साथै सो सभाले प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ जेठ १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।