बजेटमा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने छः नेपाली कांग्रेसका महामन्त्री थापा

May 22, 2022 02:25 PM Merolagani

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताए ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका हुन् ।

उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझाव अनुसार उद्योग मन्त्रालय अन्र्तगत प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रमको नाममा छुट्टै परियोजना आउने बताए । यस अन्र्तगत कृषि, खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधी, निर्माण तथा हस्तकला लगायतका क्षेत्रमा काम हुने उनले उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताए । उनले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको प्रष्ट पारे । देशको विद्यमान पद्धती र प्रणालीमा सुधार आवश्यक रहेको वाग्लेले बताए ।

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दीर्घकालिन योजना बनाउनुपर्ने बताइन् । विकासका लागि ५ वर्षको नभई २५ वर्षको योजना बनाउनुपर्नेमा उनले जोड दिइन् । नेपालमा काम गर्न नीतिको कमी नभएपनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उनको भनाइ छ ।

उनले २५ वर्षे योजना बनाउन सके ५ वर्षमा जसको सरकार आएपनि योजना बनाइरहनु नपर्ने र गुरुयोजना अनुसार काम निरन्तर अगाडी बढाइराख्न सजिलो हुने बताइन् ।

 

 

comments powered by Disqus

माथिल्लो तामाकोशीका शेयरधनीले तत्कालै हकप्रद भर्न पाउने नै भएकै हुन त ? यसो भन्छन्, माथिल्लो तामाकोशी आयोजनाका प्रमुख

Jul 03, 2022 03:11 PM

हकप्रद शेयर जारी गर्ने भयो भन्ने हल्ला बाहिर आएपछि आज माथिल्लो तामाकोशीको शेयरमा संक्रिट लाग्न पुग्यो । माथिल्लो तामाकोशीको शेयर मूल्य १० प्रतिशतले बढेर ४८५ रुपैयाँमा कारोबार हुन पुग्यो । कारोबार रकम पनि करिव ४७ करोड रुपैयाँको हुन पुगेको छ ।