बीवाईडीको ब्रान्ड एम्बेसडरमा हरिबंश आचार्य, एटो ३ नेपाली बजारमा ल्याउने तयारी

May 23, 2022 11:24 AM Merolagani



लोकप्रिय हास्य कलाकार हरिबंश आचार्य प्रसिद्ध चिनियाँ इलेक्ट्रिक कार कम्पनी बीवाईडीको ब्रान्ड एम्बेसडर बनेका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आचार्यलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

साइमेक्स इंकले आयोजना गरेको डिलर मिटको अवसरमा सो सम्झौता सम्पन्न भएको हो । हरिबंश आचार्यले आफ्नो फेसबुक पेजमार्फत ब्रान्ड एम्बेसडरमा नियुक्त भएको जानकारी गराएका हुन । ‘नेपालमा अब विद्युतीय युग सुरु भयो । विद्युतबाट चल्ने विश्वप्रख्यात वातावरणमैत्री गाडी बीवाईडीको मलाई सद्भावनादूत नियुक्त गर्नु भएकोमा साइमेक्स इंक परिवारप्रति शुभकामना व्यक्त गर्दछु’ आचार्यले भने।

 

बीवाईडीका विद्युतीय गाडी नेपाली बजारमा लोकप्रिय छन् । हाल नेपाली बजारमा बीवाईडीका ई६, न्यु ई६, एम३ र टी३ मोडलका सवारी साधन उपलब्ध छन् । यी मध्ये ई६ को मूल्य ५० लाख, न्यू ई६ को मूल्य ५७ लाख ५० हजार, ७ सिटर एम३ को मूल्य ४२ लाख ५० हजार र टी३ को मूल्य ४० लाख ५० हजार रुपैयाँ छ ।

केही दिनमै कम्पनीले नयाँ मोडलको सवारी साधन एटटो ३ नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ । यसको मूल्य भने अझै सार्वजनिक भएको छैन ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।