हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न जनरल इन्स्याेरेन्सले डाक्यो साधारण सभा

May 24, 2022 09:57 AM Merolagani



जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले जेठ ३१ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बीमा समितिको स्वीकृती लिइ चुक्ता पूँजीको ३० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने, निर्जीवन बीमा वयवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिबाट नियुक्त गरिएको सञ्चालकको नाम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। यस अनुसार जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।