हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न जनरल इन्स्याेरेन्सले डाक्यो साधारण सभा

May 24, 2022 09:57 AM Merolagani



जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (GIC) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले जेठ ३१ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बीमा समितिको स्वीकृती लिइ चुक्ता पूँजीको ३० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने, निर्जीवन बीमा वयवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिबाट नियुक्त गरिएको सञ्चालकको नाम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। यस अनुसार जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।