मूल्यवृद्धिमाथि संसदमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

May 24, 2022 03:23 PM Merolagani



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसदमा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधान हुँदा हुँदै पछिल्लो समय हप्तादिनभित्रै दुई पटक बृद्धि गरिएको भन्दै छलफलका लागि संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई र समर्थकमा एमालेका यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।

सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोलको प्रति लिटर मूल्य १८०, डिजेल र मट्टितलेको १६३, आन्तरिक हवाईको १६६ र खाना पकाउने ग्यासको मूल्य २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ निर्धारण गरेको छ । त्यो भन्दाअघि सरकारले वैशाख ३१ गते पनि प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।