अजोड इन्स्योरेन्सको सिइओमा खत्री पुनः नियुक्त

May 25, 2022 11:35 AM Merolagani



अजोड इन्स्योरेन्स लिमिटड (AIL) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले उनलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

खत्रीलाई दोस्रो कार्यकाल थप गरी स्वीकृतिको लागि बीमा समितिमा जेठ ९ गते कम्पनीले पत्र पठाएको थियो ।

कम्पनीको पत्र अनुसार समितिले खत्रीलाई दोस्रो कार्यकालको लागि सिइओ नियुक्त गर्ने स्वीकृति प्रदान गरेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।