संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रममाथि छलफल

May 26, 2022 12:05 PM Merolagani



आज संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बसेको छ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गरेका छन् । 

आर्थिक वर्ष २०७९÷०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुँदै छ ।

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आज शुरुवाती चरणमा नै आलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्दै छन् ।

नेकपा एमालेले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै बिरोध गर्दै आएको छ । सरकारले जेठ १५ गते आगामी वर्षको लागि बजेट ल्याउँदैछ । बजेटका ल्याउनका लागि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, यसलाई छलफल गरेर सांसदहरुले राखेका प्रस्तावलाई संशोधन गरी बजेट ल्याउने सरकारको तयारी छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।