भोट खसाइन्जेलसम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्ने काम सरकारले गर्योः ओली

May 26, 2022 01:50 PM Merolagani

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्साएको बताएका छन्।

बिहीबार संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गराएको बताए।

मतदानको दिनसम्म मौन बसेको सरकारले भोलिपल्टै मूल्यवृद्धिको डण्डा बर्साउनु आश्चर्यजनक भएको उनको भनाइ छ।

उनले भने, ‘३० गते भोट खसाइन्जेलसम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने। त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो।’

उनले मूल्यवृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भन्दै सरकारले मूल्यवृद्धिको सन्दर्भमा नकारात्मक कीर्तिमान कायम गरेको बताए।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।