सिवाइसी लघुवित्तको शेयर सूचीकरण प्रकृया कहाँ पुग्यो?

May 26, 2022 04:49 PM Merolagani



सिवाइसी लघुवित्त वित्तीय संस्थाले शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुर्याएको छ । लघुवित्तले वैशाख २ गते देखि ६ गतेसम्म निष्काशन गरेको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुर्याएको हो ।

लघुवित्तको शेयर रजिष्टार आरबीबी मर्चेन्ट बैंकिङ्गका अनुसार लघुवित्तको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ ।

आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले लघुवित्तको शेयर सूचीकरण प्रकृया सिडिएस एण्ड क्लियरिङ्गबाट नेप्से पुगेको जानकारी गराए ।

लघुवित्तको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ । सिडिएसबाट डकुमेन्ट नेप्से पुगेको छ । उनले भने, अर्को साता नेप्सेमा सूचीकृत हुन्छ ।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।