लघुवित्तको शेयर रजिष्टार आरबीबी मर्चेन्ट बैंकिङ्गका अनुसार लघुवित्तको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ ।
आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले लघुवित्तको शेयर सूचीकरण प्रकृया सिडिएस एण्ड क्लियरिङ्गबाट नेप्से पुगेको जानकारी गराए ।
लघुवित्तको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ । सिडिएसबाट डकुमेन्ट नेप्से पुगेको छ । उनले भने, अर्को साता नेप्सेमा सूचीकृत हुन्छ ।
कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।
आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।