अभिकर्तालाई दिएको कर्जा असुल गर्न बीमा समितिको निर्देशन

May 26, 2022 06:20 PM Merolagani



बीमा समितिले बीमा अभिकर्ताहरूलाई वितरण गरिएको कर्जा असुल गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीहरूलाई सर्कुलर जारी गर्दै अभिकर्ताहरूलाई वितरण गरिएको सम्पूर्ण कर्जा असुल गर्न निर्देशन दिएको हो ।

समितिले जीवन बीमा कम्पनीहरुको बीमा अभिकर्ताहरुलाई प्रदान गर्दै आएको कर्जा तथा सापटी २०७९ असार मसान्त भित्र फरफारक गर्ने निर्देशन दिएको छ । 

सम्पुर्ण कर्जा असुली नभएकोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट समेत बारम्बार ताकेता गर्न थालेपछि समितिले उक्त निर्देशन जारी गर्नु परेकाे जनाएकाे छ । 

समितिले यसअघि जीवन बीमा कम्पनीहरूलाई २०७८ साल असार मसान्तभित्र बीमा अभिकर्ताहरूलाई वितरण गर्दै आएको कर्जा तथा सापटी फरफारक गर्न निर्देशन दिएको थियो ।

समितिले कर्जा असुली गर्न पटक पटक समय थप गर्दै आएपनि  सन्ताेषजनक रूपमा कर्जा असुली नभएकाे जानाएकाे छ । 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।