बालेन साह विजयी, शुक्रबार बिहान विजय र्याली

May 26, 2022 10:42 PM merolagani



काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन् । साहले ६१ हजार ७६७ मत पाएका छन ।

 

महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । महानगरको मत गणना सकिए पनि औपचारिक घोषणा शुक्रबार बिहान गर्ने तयारी गरिएको छ ।

बिहान ६ बजे अन्तिम मतपरिणामबारे घोषणा हुने भएसँगै बालेन समर्थकहरुलाई ६ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुने भएका छन् । त्यसपछि विजयी र्याली हुने भएको छ ।

विजय र्याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा आउने धन्यवाद सभा आयोजना हुने भएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।