गत साता ११ अंक घटेको नेप्से, यस साता के होला?

May 30, 2022 07:44 AM Merolagani



गत साता नेप्से परिसूचक ११ अंक घटेर बन्द भएको थियो। अघिल्लो साता २२३५.०९ विन्दुमा बन्द भएको नेप्से, गत साता ११.३१ अंक घटेर २२२३.७८ विन्दुमा बन्द भएको छ।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार घट्दा नेप्सेले गत साता समग्रमा सो बराबरको अंक गुमाएको हो।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा २१०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २४१४.११ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुनुका साथै बजार डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ताहरु हाबी रहेको संकेत गर्दछ।

यद्यपि, यस साताको बजारलाई आइतबार सार्वजनिक भएको बजेटले केही प्रभाव पार्ने देखिन्छ।

नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमभन्दा दैनिक औषत भोल्यूम २२.०७ प्रतिशत कम हो।

बैंकिङ्ग

१३ उपसमूहमध्ये गत साता ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० वटाको घटेको छ। गत साता बैंकिङ्ग उपसमूहको परिसूचक अरु उपसमूहको तुलनामा बढी बढेको छ। अघिल्लो साता १५४३.७८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ०.३३ प्रतिशत बढेर १५४८.८७ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १७०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १४०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेजस्तै यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। यसले यस उपसमूहमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले यस उपसमूहको परिसूचक बढ्ने संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।