बियरिस ट्रेन्डमा नेप्से ७५ % सम्म घटेको इतिहास, अघिल्लोमा ६५ % र गत बियरिसमा ४१ %, अहिलेको बियरिसमा कति घट्ला ?

Jun 03, 2022 06:06 AM Merolagani

सुवास निरौला

अहिले शेयर बजार बियरिस ट्रेन्ड उन्मुख छ। हरेक दिन घटेको सूचकले बजार लङ टर्म बियरिस तर्फ अघि बढिरहेको संकेत गरिरहेको छ। माथिल्लो बिन्दु ३१९८.२८ अंकबाट बुधबारसम्म सूचकले ३३.९४ प्रतिशत भन्दा बढी गुमाइ सकेको छ।

शेयर बजार बियरिस ट्रेन्ड उन्मुख भएको यो पहिलो पटक होइन, नेपालको शेयर बजारले धेरै पटक बुल र बियरिसको यात्रा तय गरिसकेको छ। २०५७ यता मात्रै नेप्से सूचकले तीन पटक बुल यात्रा तय गरिसकेको छ। हरेक पटकको बुल पछि बजारले बियरिस यात्रा तय गरेको इतिहास साक्षी छ।

२०५७ मंसिर ८ गते नेप्से सूचकले त्यस बेलाको सबैभन्दा माथिल्लो बिन्दु छोएको थियो। सूचकले ५४५.८२ अंकसम्म उक्लिएर सर्वाधिक अंकको रेकर्ड कायम गरेको थियो। तर उक्त वृद्धि टिकाउ हुन सकेन। बजार बियरिस ट्रेन्ड उन्मुख भयो। बजार एक वर्ष भन्दा बढी समयसम्म लगातार घट्यो। सूचकले उच्चतम बिन्दुबाट ३५९.६ अंक गुमाएपछि मात्रै विश्राम लियो। २०५८ फागुन १८ गते सूचक घटेर १८६.२२ अंकमा ओर्लियो। उक्त बिन्दुमा पुगेपछि बजारको घट्ने क्रम त रोकियो। तर उसले तत्कालै पुनः वृद्धि कायम गर्न सकेन। अझै दुई वर्ष बजार त्यही बिन्दुको सेरोफेरोमा घुमिरह्यो। २०६० साल पछि मात्रै बजारले पुनः उकालो यत्रा तय गर्न सुरु गर्‍यो।

२०६० सालबाट बढ्दो यात्रा सुरु गरेको सूचकले २०६५ भदौ १५ गते अर्को नयाँ रेकर्ड कायम गर्‍यो। सूचक इतिहासकै उच्चतम बिन्दु ११७५.३८ अंकमा उक्लियो। बजारले बढ्ने बेलामा करिब पाँच वर्ष लगायो। तर जसरी पाँच वर्ष लाएर सूचकले नयाँ रेकर्ड कायम गर्‍यो त्यो तासको पत्ताले बनेको घर जसरी दुई वर्षमै ढल्यो। सूचकले नयाँ रेकर्ड कायम गरेको बिन्दुबाट ७५.१२ प्रतिशत गुमाएपछि मात्रै विश्राम लियो। २०६७ माघ एक गते सूचक २९२.३२ अंकमा ओर्लिएपछि मात्रै घट्ने क्रममा ब्रेक लाग्यो। उक्त अवधिमा सूचक ८८३.०६ अंकले घट्यो।

२०७५ पछि सूचक एक वर्ष मात्रै घटेर स्थिर भएको थियो भने २०६५ मा सूचक लगातार दुई वर्ष भन्दा बढी घटेपछि मात्रै रोकियो। दुई वर्ष घटेपछि २०६७ माघ १ गतेदेखि बजारको घट्ने क्रममा ब्रेक त लाग्यो तर फेरि पनि उसले तत्कालै उकालो यात्रा तय गर्न भने सकेन। उसले पुनः एक वर्ष विश्राम लियो। २०६८ पछि पुनः बजारले बुल यत्रा तय गर्न सुरु गर्‍यो।

२०६८ पछि बुल यात्रा तय गरेको बजारले २०७३ साउन १२ मा गएर अर्को नयाँ रेकर्ड कायम गर्‍यो सूचकले त्यस बेलाको उच्चतम बिन्दु १८८१.४५ अंकको रेकर्ड कायम गर्‍यो। चार वर्ष लगाएर उकालो यत्रा तय गरेको बजारले यस पटक पनि ४१.५० प्रतिशत गुमाउँदै बियरिस यात्रा तय गर्‍यो। सूचक उच्चतम बिन्दुबाट ११००.०५ अंकसम्म ओर्लियो। उसले उक्त बिन्दु ७८०.८७ अंक गुमाएपछि मात्रै भेट्टाएको थियो।

४१.५० प्रतिशत गुमाएपछि स्थिर जस्तै रहेको बजारले २०७८ भदौ २ गते अर्को नयाँ रेकर्ड कायम गर्‍यो। नेप्से सूचक अहिलेसम्मकै सर्वाधिक अंक ३१९८.२८ अंकमा उक्लियो। सूचकले सर्वाधिक अंक कायम गरेपछि बियरिस यात्रा गर्ने ट्रेन्ड छ। जसलाई बजारले यस पटक पनि निरन्तरता दिँदै आएको छ। यस पटक बजारले एक वर्ष नपुग्दै ३३ प्रतिशत भन्दा बढी गुमाइ सकेको छ। जबकि नेप्से उच्चतम बिन्दुमा पुगेको आउने भदौमा मात्रै एक वर्ष पुग्ने छ। बुधबारसम्म मात्रै सूचकले ३३.९४ प्रतिशत गुमाइ सकेको छ।   

सूचकले अझै विश्राम लिएको छैन। अघिल्ला बियरिस ट्रेन्डलाई आधार मान्ने हो भने सूचकले बुल र बियरिसको यात्रा तय गर्दा पहिले कायम भएको रेकर्ड बिन्दुबाट ओर्लिएपछि मात्रै बिश्रामा लिने गरेको छ। तर उसले उक्त बिन्दुसम्म आइ पुग्न भने कम्तीमा एकदेखि अढाई वर्षसम्मको समय लगाउने गरेको छ। अघिल्लो बुलको रेकर्ड १८८१.४५ अंक हो। अघिल्ला बियरिसकै क्रमलाई सूचकले निरन्तरता दियो भने सूचक उक्त बिन्दुबाट तल ओर्लने छ। तर इतिहास सधै दोहोरिदैन। नदोहोरिने हो भने सूचक यही बिन्दुबाट फर्किने छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।