साथीहरुसँगको लहडमा एकदिन दबारमार्गमा आफ्नै गर्ने हिम्मत सहित बस्ने,रमाउने र ग्राहक आएर रिल्याक्स गर्ने ठाउँ खाेज्न थाले ।
दरबारमार्गको शेर्पा महलमा चलाउन नसकेको रेष्टुरेन्ट छ भन्ने थाहा पाए । त्यहाँ कुमार सहितको टिमले हेर्यो, चल्न सकिने ठाउँ रहेको निष्कर्ष निकाले अनि किने पनि । त्यतिबेला कुमार र उनको पुराना साथी रामचन्द्र श्रेष्ठ मात्रै थिए । उक्त रेष्टुरेन्टको नाम जुजुवा राखेर आफैले दु:ख गर्दै नाम चल्नेसम्मकाे बनाए ।
हस्पिटालिटी नपढे पनि साथीभाईको जोशले रेष्टुरेन्ट किने । ‘कसरी व्यवसाय गर्ने, कसरी चलाएर नाफा कमाउने र ग्राहक कसरी बनाउने उनको टिमलाई केहि पनि ज्ञान थिएन तर, हामीसँग आँट थियो’ कुमारले मुस्कुराउँदै भने ।
मान्छे इमान्दार र डेडिकेट भएर लाग्यो भने सफल हुने रहेछ भन्ने कुमारलाई लाग्यो । मोबाइल व्यवसाय चल्दा चल्दै दरबारमार्गमा ६ महिनादेखि बन्द रहेको रेष्टुरेन्ट किने ।
रेष्टुरेन्ट किने तर, हस्पिटालिटी क्षेत्रमा काम गरिरहेका साथिहरुसँग आइडिया लिएर,साथीभाईको ठूलो सर्कल बनाउदै रेष्टुरेन्ट चालाउन सक्ने भए ।
जागिर नगर्ने,जति खट्नु परे पनि खट्ने हिसाबले तीन जना साथी मिलेर शेर्पा मलको अगाडी रेष्टुरेन्ट चलाउदै गए । व्यवसाय फापेको अनुभूति उनलाई भयो । ४५ जना स्टाफ समेत राखे ।
घरबेटीले भाडा रिन्यु नगरेपछि बनेको प्लान ‘किङ्स लाउन्ज’
जुजुबा रेष्टुरेन्टको लागि घरबेटीसँग दुई बर्षको सम्झौता भएको थियो । दुई बर्षसम्म कुनै अवरोध विनै चलाए । रेष्टुरेन्ट भएपनि त्यो लाउञ्च स्टाइलकै व्यवसाय थियो । तर,नयाँ भाडा रिन्यु गर्ने समयमा घरमालिकले रिन्यु नगर्ने भन्यो ।
रिन्यु नगर्ने भनेपछि १८ महिन मुद्दा नै चल्यो । ‘जब हामी दु:ख गरेर सञ्चालन गर्ने, नाफामा जाने र ठूलो सर्कलमा जाने वातावरण बन्यो त्यतिनै बेला घरबेटीले पूर्वाग्रहको भावना राखे । ‘हामी जब फक्रन लाग्यौं, त्यतिबेलै घरबेटीले रिन्यु गरिदिएनन्‘ कुमारले भने ।
उनले उनकै भाषामा भने ‘हामीलाई त्यहाबाट निकालियो।’ पेशा बन्द भएपछि रेष्टुरेन्टको टेबल कुर्सी व्यवस्थापनमा कुमारको टिमलाई धेरै अफ्ट्यारो अवस्था आयो । त्यहाँको मुद्दा पाखा लागेपछि फेरि ठाँउ खोज्न तिर लागे ।
खोजेको ठाउँमा चित्त नबुझ्ने,पाएको ठाउँ उपयुक्त नभएपछि लामो समय ठाँउ खोज्न भौँतारिए कुमार । उनकाे टिमलाई दबारमार्ग क्षेत्र भित्र लाउन्ज चलाउनुपर्ने थियो । धेरै नेतादेखि व्यवसायीसम्म उपयुक्त ठाउँको लागि हारगुहार गरे । अन्तमा दरबार मार्गको मुटुमै ठाउँ पाए ।
पहिलेको भन्दा फरक, ठूलो स्केलमा र नयाँ डिजाइनका साथ योजनाको खाका कोरे । दरबारमार्गमा ठूलै लगानीमा खोल्ने भनेपछि नाम पनि त्यहि अनुसारको खोज्न थाले । टिमलाई नामाकरण गर्न पनि लामो समय लाग्यो ।
साथीभाईसँग नाम तथा ब्रान्डको लागि धेरै छलफल गरे । दरबारमार्ग भएकाले परापूर्वकालदेखि राजा बस्ने ठाँउको रुपमा परिचित र राजा हटेपनि लाउन्जको नामलाई यसैसँग जोड्नुपर्छ भन्ने टिमलाई लाग्यो ।राजा जस्तै स्मृतिमा रहि रहने विश्वासमा साथ नाम राखे
‘किङस् लाउन्ज’ ।
किङ्समा पहिलेको रेष्टुरेन्टको टिममा केही चिनजानका व्यवसायी साथीहरु पनि लगानीकर्ताको रुपमा थपिए । कुमार सहितको टिमले २०७३ सालको अन्त्य तिर किङ्स लाउन्ज नामक भब्य रेष्टुरेन्ट उद्घाटन गरे ।
दरबारमार्गकै ब्रान्ड बनिरहेको किङ्स्
अहिले कुमार गुरुङ राजनीतिसँगै व्यवसायलाई पनि आक्रामक रुपमा अघि बढाइरहेका छन । विद्यार्थी राजनीतिदेखि अहिले कुमार गुरुङ सफल व्यवसायीको रुपमा उदाएका छन । त्यतिमात्रै होइन किङ्स लाउन्ज दरबार मार्गकै ब्रान्ड बनिरहेको छ ।
अहिले युवापुस्तादेखि सबै उमेर समुहबीच परिचित नाम भनेको छ दबारमार्गको किङ्स लाउन्ज । जहाँ युवायुवती दिनभरको थकान भुल्दै संगीतमा झुम्छन्, हाँस्छन्, अनि दिल खोलेर नाच्न सक्छन् ।
एकै पटक सयौं जना नाच्न सक्ने र त्यही अनुसार रमाइलो गर्न सक्ने हुनाले पनि किङ्स पछिल्लो समय युवापुस्ताको मुखमै झुन्डिएको छ । सयौँ युवालाई फ्लोरमा उतारेर नचाउने, झुमाउने र मिठो मिठो स्वाद पस्किने दैनिकी नै बनिसकेको छ किङ्स लाउन्जका सीईओ अर्थात सञ्चालक कुमार गुरुङ ।
अधिकांश साझ सोही किङ्सको भीडमा भेटिन्छन् कुमार । अहिले झमक्क साँझ नपर्दै दरबारमार्ग क्षेत्रलाई किङ्सले तन्नेरी पुस्तालाई बिउँझाइ दिन्छ ।
अहिले उनी दरबारमार्ग पेशा व्यवसायीसंघको संयोजक छन । कुनै व्यवसाय गर्दा कम्तिमा १० बर्ष स्थिर हुनुपर्छ र टिम,योजना आवश्यक पर्छ गन्तब्य देखाइदिने एकजना लिडर चाहिन्छ जो कुमार गुरुङ बनिरहेका छन । किङ्स लाउञ्चमा एकपटक ५०० जना भन्दा बढीले रम्न, रमाउन सक्छन ।
‘हामीलाई पहिलेदेखि नै दरबार मार्गमै बस्नु थियो र सबै पेशा बर्ग र क्षेत्रका मान्छेसँग ठोकिने प्लाटर्फम बनाउनु थियो’ कुमारले भने ‘राजनीतिसँग जोडिएको मान्छे भएको कारण पनि सबैसँग जोडिन दरबार मार्गसँग नजिक भयौं।’ रेष्टुरेन्ट सँगै उनी फाइनान्स,रियलस्टेट क्षेत्रमा पनि कुमारको समुहले लगानी गरेको छ ।
किङ्स लाउञ्जमा कुमार, रामचन्द्र श्रेष्ठ सहित ६ जना टिम छन् जसले ५ बर्षमै लोकप्रिय बनाए । ८ करोड लगानीबाट रेष्टुरेन्ट छाडेर सुरु भएको किङ्स लाउन्ज अहिले करोडौंको कारोबार गर्ने भइसकेको छ । अहिले किङ्स् लाउञ्चमा १०० जना हाराहारीले रोजगारी पाएको कुमारले बताए ।
यो व्यवसायमा सुरुमा लाग्दै गर्दा राज्यका कुनै पनि निकायले सहि नजरले प्रोत्साहन नगरेको सम्झिन्छन कुमार ।
सुरुवाती चरणमा आइडिया नभएर ठक्कर खानुपरेको समयमा मन अतालिने अवस्थामा पुगेको तर, हार नखाएको कुमार बताउँछन ।
‘सफलता भनेको मेहेनत र कर्ममा भर पर्ने हो,अहिलेको जवाना टिमले काम गर्ने हो । टिम बिना केहि पनि सम्भव छैन’ हिजो दुख गरेरै आएका हौं, मेहेनत गरेर अघि बढ्ने हो’ कुमारले हिम्मतका साथ भने ।
धेरै लामो समय बस्ने, व्यवसाय गर्ने प्लान कुमारले बनाएका छन् । अहिले मान्छे इजी एक्सेस र इजी मनि खोज्न तिरै लिप्त भएको भन्दै मेहेनत नगरी केहि पनि नहुने उनको भनाई छ ।
अहिले कुमार नेपालीहरु खुशी हुने, झुम्ने, रमाउने प्लाटफर्म बनाउन लागिरहेका छन् । ‘व्यापार व्यवसाय नाफा कमाउनको लागि मात्रै होइन, मल्टी जेनेरेशनलाई सेवामार्फत सन्तुष्टि दिनु पनि हो’ कुमारले भने ।
केहि फरक गर्ने संकल्प
दरबार मार्गमा किङ्स लाउन्ज उद्घाटन भएपछि त्यहाँको एउटा ब्रान्ड जस्तै भएको छ । देशभरका मान्छे झुम्न, रमाइलो गर्न, किङ्स लाउन्ज कै लागि देश विदेशबाट धाउने गरेका छन् । देश विदेशका कलाकार, राजपरिवार, ठूला ठूला नेता समेत त्यहाँ पुग्ने गरेका छन् ।
अहिले काठमाडौं र पोखरामा मात्रै किङ्स लाउन्ज सञ्चालनमा छ । काठमाडौंमा उद्घाटन भएको एक बर्षमै पोखरामा पनि फ्रेन्चचाइज खुलाउन कुमार सफल भए ।
देशैभर ५ बर्षभित्र आउटलेट खुलाउने योजना बनाए पनि कोभिडको कारण सम्भव नभएको कुमार गुरुङ बताउँछन । अन्य ठाउँमा पनि खोल्ने योजना बनाए पनि कुमार सहितको टिमलाई कोभिडले धक्का दियो ।
किङ्स लाउञ्जको फ्रेन्चचाइज देशैभर एक दर्जन पुर्याउने योजना बनाएका छन् कुमारले । देशभित्र मात्रै होइन, देश बाहिर पनि आउटलेट खोलेर अघि बढ्ने तयारी गरेका छन् ।
‘सबैले बाहिरबाटमात्रै विदेशी ब्रान्ड ल्याउछन् तर, नेपालका ब्रान्ड देश बाहिर लाने कोही भेटिदैन’ कुमारले भने । कुमारको टिमले त्यसैले देशबाहिर पनि खोल्ने योजना बनाएका छन् ।