शुक्रबार ५० जनामा काेराेना संक्रमण पुष्टि

Jul 01, 2022 04:21 PM Merolagani

नेपालमा पनि कोरोना संक्रमण दर बढिरहेको छ । पछिल्लो केहि दिनयता संक्रमितको संख्यामा केहि वृद्धि भएको छ । तर मृत्युदर भने शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भएको एक हजार ४६७ पीसीआर परीक्षण र एक हजार ३४७ एन्टिजेन परीक्षण गरी कुल दुई हजार ८१४ परीक्षण भएको थियो । यसरी पीसीआर परीक्षणबाट ३५ जनामा र एन्टिजेन परीक्षणबाट १५ जनाको संख्यामा संक्रमण पाइएको हो । सोहि अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २९७ रहेको छ ।

बिहीबार ५५ जनामा संक्रमण पाइएको थियो । सो अवधिमा १७ जना भने निको भएका थिए ।

बुधबार भने कोरोना संक्रमितको संख्या ६२ पुगेको थियो । जुन चैत्र २ गते पछिको उच्च हो । २०७८ चैत २ गते, ८२ जनामा कोभिड १९ भेटिएको थियो । त्यसयता भने संक्रमण न्यून अवस्थामा रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।