१८८ दिनपछि नेप्सेमा गोल्डेन क्रश

Jul 03, 2022 03:34 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्सेमा गोल्डेन क्रशओभर देखिएको छ। नेप्सेमा १८८ दिन पछि यस्तो क्रशओभर बनेको हो। नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर देखिएको हो।

यस क्रशओभरले बजार बढ्ने संकेत गर्दछ। यस अघि गत डिसेम्बर २१ मा नेप्सेमा यस्तो क्रशओभर बनेको थियो।

यस दिन नेप्से परिसूचक २.८४ प्रतिशत अर्थात ५७.६१ अंक बढेर २०८६.३८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंक बढेको छ।

यस दिन २३१ स्टकको ४५ हजार १२० पटकको कारोबारमा २ अर्ब ४८ करोड ४ लाख रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से उकालो लागेसँगै यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन ३० स्टकको मूल्य घटेको छ जसमध्ये बैंक अफ काठमाडौँको ऋणपत्रको मूल्य सर्वाधिक ९.३१ प्रतिशत घटेको छ। अन्य स्टकको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको करिब ९ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स, एनआईसी एशिया, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर र अरुण काबेलीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ भने वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।