युनिलिभरको नाफा उल्लेख्य बढ्यो

Aug 08, 2022 09:19 AM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४.१७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २७.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी १०९.०१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६९३ रुपैयाँ २७ पैसा बढेर १ हजार ६२८ रुपैयाँ १ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ हजार ९४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२७ गुणा रहेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।