सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी विश्लेषण

Aug 27, 2022 05:34 PM Merolagani

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले गत चैत १९ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो। सूर्योदय लघुवित्त र वोमी लघुवित्त एक आपसमा १ बराबर १ अनुपातमा गाभिएर सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गरेको थियो।

यस लघुवित्तको शेयरमूल्य यस साता २६ रुपैयाँ ४० पैसा घटेको छ। गत साता ८१२ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य यस साता घटेर ७८५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता यस लघुवित्तको शेयरमूल्य उकालो लागेमा ९०० रुपैयाँमा प्रतिरोध पाउने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ७०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसका साथै यी दुई बीचको दूरी बढ्दै गएको छ। यसले लघुवित्तको शेयरमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन लघुवित्तको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

यस साता लघुवित्तको मूल्य घटेपनि भोल्यूम भने बढेको छ। यस साता लघुवित्तको दैनिक औषतमा ५ हजार ६१२ कित्ता शेयर खरिदबिक्री भएको छ। लघुवित्तको २० दिने औषत भोल्यूम ५ हजार ५८४ कित्ता रहेको छ। लघुवित्तको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ०.५० प्रतिशत बढी हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.०६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.६७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४७.११ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १६.०६ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९२.२६ प्रतिशत बढेको छ भने जगेडा कोष ८९.५२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६७.९७ प्रतिशत, निक्षेप १६१.७५ प्रतिशत र कर्जा १३६.१८ प्रतिशत बढेको छ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ६३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा रहेको छ।

गत साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा रहेको छ। त्यसैगरी, लघुवित्तको १४ दिने आरएसआई ३९.६३ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा लघुवित्तको शेयरमूल्य बियरिश देखिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको ७९ लाख १९ हजार ८४७.९० कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य ८१९ रुपैयाँ ८७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य १ हजार ३४६ रुपैयाँ रहेको छ भने न्यून मूल्य ६६६ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ६ अर्ब २२ करोड १८ लाख ३२ हजार ५१० रुपैयाँ २४ पैसा रहेको छ।

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।