सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, रकम फिर्ता भुक्तानी भदौ २० गतेदेखि

Sep 01, 2022 07:45 AM Merolagani



सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ १५ गते, बुधबार, आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोही शेयर कम्पनीले बुधबार बाँडफाँट गरेको हो।

आंशिक रुपमा बाँडफाँटमा परेको वा बाँडफाँटमा नपरेको शेयर बापतको रकम भदौ २० गते, सोमबारदेखि आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।