एक प्रतिशत घट्यो नेप्से, कारोबार रकम सामान्य बढ्यो

Sep 06, 2022 03:27 PM Merolagani

मंगलबार नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ४.२९ अंक घटेर बन्द भएको नेप्से, यस दिन २१.२२ अंक घटेर १९५१.७९ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको २४ हजार ६२२ पटकको कारोबारमा १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य ९.६८ प्रतिशत अर्थात ९२ रुपैयाँ बढेर १ हजार ४२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। यस दिन मात्र नगद लाभांश वितरण गर्ने घोषणा गरेको सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन ७.३२ प्रतिशत घटेको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६ प्रतिशत घटेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, रिडी पावरको यस दिन ९ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी १२ उपसमूहको परिसूचक यस दिन ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशत घटेको छ भने विकास बैंक, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।